१२ बैशाख २०८१, बुधबार
Follow Us

मन्त्रिपरिषद्द्वारा बजेट पारित

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७५, मंगलवार ११:५९

काठमाडौँ। मन्त्रिपरिषद्ले आज सङ्घीय संसद्मा पेश गरिने आगामी आर्थिक वर्ष २०७५/७६ का लागि तयार गरिएको आयव्ययको अनुमान पारित गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आज साँझ वार्षिक आय–व्यय अनुमान(बजेट) संसद्को दुवै सदनमा प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

संघीयता कार्यान्वयनपछि सरकारले पहिलो पटक संघीय संसद्मा आगामी आवको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७५-७६ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति संसद्को दोस्रो बैठकमा टेबुल गर्नुहुनेछ । बैठकमा डा खतिवडाले विनियोजन विधेयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विधेयक–२०७५ र राष्ट्र ऋण उठाउने विधेयक–२०७५ पनि पेश गर्दै हुनुहुन्छ ।