१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दिल्ली पु-याईएका २२ नेपाली महिलाको उद्दार

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७३, आईतवार १३:५८

काठमाडौं । भारतीय प्रहरीले २२ नेपाली महिलाको उद्धार गरेको छ । दिल्ली पु-याइएका नेपाली महिलाको भारतीय प्रहरीले उद्धार गरेको हो । इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल नजिकैको होटलबाट उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । होटलमा राखिएका मध्ये केहीले भागेर दिल्लीस्थित नेपाली दूतावासलाई खबर गरेपछि उनीहरुको उद्धार गरिएको हो । उद्धार गरिएकाहरुको बयान लिने काम सकिएको तथा धेरैलाई कतार र मध्यपूर्वका देशहरुमा लैजान लागिएको खुलासा भएको प्रहरीले जनाएको छ ।