१३ बैशाख २०८१, बिहीबार
Follow Us

गुरुङ फिल्म शिरमाह्रानी’ बेलायतमा प्रर्दशन

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७५, बुधबार १२:१८

दिनेश कुमार ।
लण्डन । गुरुङ समुदायमा प्रचलित पुरानो चलन भारा (गुन) तिर्ने परम्परालाई कथावस्तु बनाएर गुरुङ फिल्म शिरमाह्रानी’ बेलायतमा प्रर्दशन गरिएको छ । १३ मे आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गरिएको हो ।

तमु पेल्यु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुंग , तमु धींका युके अध्यक्ष ज्ञाम गुरुंग , पैंयु खोला तमु समाज युकेका बरिष्ठ सल्लाहकारहरु मेजर ईन्द्र प्रसाद गुरुंग र क्याप्टेन डेम बहादुर गुरुंग , बाच्छाली तमु परिवार युकेका सल्लाहकार क्याप्टेन भुवन सिंह गुरुंगले संयुक्त रुपमा फिल्म प्रदर्शनीको उघाटन गरेका थिए ।

कार्यक्रममा गुरुंगको साथै अन्य समुदायको दर्शकहरुको समेत उल्लेख्य सहभागिता थियो । फिल्मलाई अन्य भाषीहरुले हेर्न सकिने गरि नेपालीमा सबटाईटल राखिएको छ ।

पर्वतको बिहादी गाउँपालिकाको बाच्छा गाउँ , देउराली र केही सिन पोखरामा छायांकन गरिएको उक्त फिल्म गुरुङ भाषा र संस्कार संस्कृतिमा आधारित रहेको फिल्मका निर्माता हुम गुरुगले बताए ।

फिल्ममा दर्शन गुरुङ, सिमरन गुरुङ, खेमराज घले, तीव्रता गुरुङ, प्रीति गुरुङलगायतले अभिनय गरेका छन् । कमल गुरुङ र हुमबहादुर गुरुङको कथामा मनोज गुरुङले लेखन दिर्नेशन गरी फिल्म तयार पारेका हुन् । मुक्तिमनोज फिल्मको तेस्रो प्रस्तुतिको फिल्म ‘शिरमाह्रानी’ मनोज गुरुङ र हुमबहादुर गुरुङको गीतमा मनोज आफैंले संगीत भरेका छन् ।

फिल्मलाई खिमबहादुर गुरुङले छायांकन गरेका छन् । ३ वटा गीत समेटिएको फिल्ममा ‘ङला ङोल्स्यो शिरमाह्रानी’ बोलको गीत अहिले गुरुङ समुदायमा चर्चित छ ।

फिल्म नेपाल अमेरिका दुवई , अष्टेलिया , मलेशिया , कोरिया र युरोपमा समेत प्रदर्शनको तयारीमा रहेको फिल्म छ ।