७ बैशाख २०८१, शुक्रबार
Follow Us

कमलादीमा ग्याङ फाइट, ३ जना खुकुरीसहित पक्राउ

sarusaru
१६ जेष्ठ २०७५, बुधबार १२:४०

काठमाडौँ — त्रीचन्द्र कलेजका विद्यार्थीबीच ग्याङ फाइट हुँदा खुकुरी प्रहार गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा अनिल तामाङ, सौरभ श्रेष्ठ र सहदेव नेपाल रहेका छन् ।

सोमबार बिहान साढे १० बजे कमलादीमा त्रीचन्द्र कलेजका विद्यार्थी म्यागी गुरुङलाई उक्त समूहले खुकुरी प्रहार गरेको थियो । घाइते गुरुङको हिमाल अस्पताल, कमलपोखरीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार कमलादी क्षेत्रमा रहेका गुरुङलाई अभियुक्तहरुले खुकुरी प्रहार गर्न थालेपछि उनी भागेका थिए ।म्यागीलाई पुन: खुकुरी प्रहार गर्न लखेट्दै गरेको अवस्थामा सादा पोसाकमा रहेका नेपाल प्रहरीका सई लोकेन्द्र पण्डीतले अभियुक्तहरुलाई नियन्त्रण लिएका थिए ।

सई पण्डीतले आफ्नो साथमा रहेको पेस्तोल देखाउँदै उनीहरुलाई नियन्त्रणमा लिएर दरबारमार्ग वृत्तमा बुझाएका हुन् । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
कान्तिपुर