१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनद्वारा प्रकाशित सडक सुरक्षा सम्बन्धी पुस्तक हस्तान्तरण

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७५, बुधबार १९:०१

लन्डन ।
गैरआवासीय नेपाली संघको यात्रा सेफ्टी र रोड सुरक्षा उपसमितिको आयोजनामा रोड सम्बन्धि बिस्वब्यापी कोड नामक पुस्तकको हस्तान्तरणका साथै सडक दुर्घटना सम्बन्धि छलफल कार्यक्रम चितवन जिल्लाको भरतपुर महानगरपालिकामा सम्पन्न भयो ।

गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष सोम सापकोटाले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालसंग भेट गरी संघका गतिविधिहरु र आज आयोजना हुन लागेको कार्यक्रम बारे जानकारी गराउँदै पुस्तक हस्तारण गरे । सो अवसरमा दाहालले आज हुन लागेको जानकारी मुलक कार्यक्रमले चितवन जिल्लामा हुने गरेको सडक दुर्घटनालाई न्युनिकरण गर्नेमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यसका साथै उहाँले विदेशमा गैरआवासीय नेपालीहरुले आर्जना गरेका ज्ञान सीप र प्रविधिको सदुपयोग गरी समृद्ध नेपाल र खुशी नेपाली भन्ने अभियानलाई सार्थक बनाउने प्रतिबद्धता पनि जाहेर गर्दै यसका लागि आफ्नो तर्फ सदैव सहयोग रहने विश्वास दिलाए ।

यस कार्यक्रममा सडक सुरक्षा सम्बन्धि पुस्तक जिल्ला प्रहरी ट्राफिक कार्यालयका प्रमुख सन्तोष पन्तलाई हस्तान्तरण गर्नु भयो र यसरी नै सो पुस्तक पन्तले चितवन जिल्लमा रहेका २१ वटा स्थानिय डाइभीङ्ग संस्थानका अध्यक्षहरुलाई वितरण गर्नको लागि डाइभीङ्ग संस्थान महासंघका अध्यक्ष राजु परियारलाई हस्तान्तरण गरे ।

पुस्तक हस्तान्तरण पछि सडक सवारी सुरक्षा सम्बन्धि विषयमा सहभागीहरुसंग छलफल गरिएको थियो । छलफल कार्यक्रममा प्रहरी ट्राफिक कार्यालयका प्रमुख सन्तोष पन्त, डाइभीङ्ग संस्थान महासंघका अध्यक्ष राजु परियार लगायत अन्य सहभागीहरुले यस पुस्तकबाट सडक/सवारी सुरक्षा र दुर्घटनाका बारे जनचेतना अभिबृद्धि गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

यस्तो जानकारीमूलक पुस्तक उपलब्ध गराएकोमा सहभागीहरुले गैरआवासीय नेपाली संघ प्रति हार्दिक आभार प्रकट यस पुस्तकलाई साधारण मानिसले बुझ्ने गरी नेपाली भषामा उपलब्ध गराउनको लागि आग्रह गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सहकोषाध्यक्ष तथा यात्रा तथा सडक सुरक्षा उपसमितिका सहसंयोजक सापकोटाले संघले गर्न लागेको सडक सुरक्षा सम्बन्धि गतिविधिहरु र यस पुस्तकमा समावेश भएका विषय बारे जानकारी दिनुका साथै यसलाई निकट भविष्यमा नै नेपाली भाषामा प्रकाशित गरिने जानकारी दिए । यसका साथै उहाँले भविष्यमा चालक पेशामा विदेश जानेहरुलाई यस पुस्तक उपयोगी हुने र यस सम्बन्धी जनचेतना अभिबृद्धि गरेमा हाल वैदेशिक रोजगारका दौरान चालक पेशामा खाडी मुलुकमा गएर सडक सुरक्षा सम्बन्धी अज्ञानताको कारणले गर्दा बन्दी जिवन विताइरहेकाहरुलाई रिहा गर्नको लागि नेपाल सरकार, गैरआवासीय नेपाली संघका साथै अन्य सरोकारवाला संस्थाहरुले जुन ठूलो राशीको ब्लड मनि उठाउनु परेको छ त्यसमा कमी आइ सो रकम अन्य उत्पादनमूलक क्षेत्रमा सदुपयोग गर्न सकिने बताए ।

कार्यक्रममा युथ भिजन इन्भेष्टमेण्ट कम्पनीका साथै चितवन युवा समूह अन्तर्राष्ट्रिय समिति र वि आर विथ संस्थाले दुर्घटना मुक्त चितवन बनाउनका लागि प्रतिबद्धता सहित सहभागी भएका थिए भने कार्यक्रमको संयोजन लाइन्स क्लब चितवन लंकुले गरेको थियो ।

आजको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, Dडाइभीङ्ग संस्थानहरु, सरोकारवाला संघ संस्थाहरुका साथै संचार कर्मीहरुको उपस्थिति रहेको थियो ।