४ बैशाख २०८१, मंगलवार
Follow Us

पत्रकार मारिएको समाचार झुटो

नेपालब्रिटेन संवाददाता
१७ जेष्ठ २०७५, बिहीबार ०५:०९

युक्रेन । रूसका चर्चित खोज पत्रकार अर्काडी बबचेन्कोको हत्या भएको खबर झुठ साबित भएको छ । पछिल्लो जानकारी अनुसार युक्रेनले एक योजना अन्तर्गत मंगलबार पत्रकार अर्काडी बबचेन्को हत्या भएको सम्बन्धी झुठो खबर फैलाएको खुलेको हो ।

मंगलबार अबेर ४१ वर्षका पत्रकार अर्काडी बबचेन्को युक्रेनको राजधानी किएभमा गोली हानी हत्या भएको खबर आएको थियो । युक्रेेेेनले रूसल् उनको हत्या गरेको आरोप लगाएको थियो । तर हत्या भएको २४ घण्टापछि पत्रकार अर्काडी बबचेन्कोे एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक भएका हुन ।

रुसी एजेन्टहरुको भण्डाफोर गर्नका लागि अर्काडी बबचेन्को हत्या भएको झुठो खबर फैलाएको युक्रेनले दाबी गरेको छ ।
अर्काडी बबचेन्कोे हत्याका लागि तैनाथ रहेका आक्रमणकारीलाई पक्राउ गर्नका लागि आफूहरुले चलाएको यो ठूलो स्टिंग अपरेशन रहेको युक्रेनको सुरक्षा सेवाका प्रमुख वसिल ह्ट्सेकले बताएका छन् ।

रुसी सुरक्षाबलले अर्काडी बबचेन्कोे हत्याका लागि युक्रेनका एक व्यक्तिलाई तयारी अवस्थामा राखेको उनको भनाई छ ।
सन् २०१६ मा दुर्घटनाग्रस्त रुसी विमानको बारेमा लेखेपछि आफूले ज्यान मार्ने धम्की पाएको र त्यसपछि रुस छोडेको अर्काडी बबचेन्को बताएका थिए । उनले रुस सरकारको आलोचना गर्दै आएका छन् । उनी हाल युक्रेनको टेलिभिजन च्यानल एटिआर टिभीमा प्रस्तोताको रुपमा काम गर्दै आएका छन् ।