१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्रीद्वारा आत्मसमर्पण

नेपालब्रिटेन संवाददाता
१७ जेष्ठ २०७५, बिहीबार १०:१८

विराटनगर । सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा ले आत्मसमर्पण गरेका छन् ।  उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी गराउनुभयो । सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ रहेको छ ।