१९ बैशाख २०८१, बुधबार
Follow Us

फोरमका दुइ मन्त्रीको सपथ, यादव स्वास्थ्य, राईन शहरी विकास मन्त्री

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०७५, शुक्रबार १४:२३

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रालय सहित सरकारमा सहभागी भएका छन् । आज बसेको फोरमको बैठकले सहकारमा जाने दुई मन्त्रीको नाम टुंगो लगाएको हो । फोरम अध्यक्षसमेत रहेका उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सहित सरकारमा पार्टीको नेतृत्व गर्ने भएका छन् । त्यसैगरी फोरमका तर्फबाट अर्का मन्त्री मोहम्मद इस्तियाक राईनले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन । फोरमको भागमा परेको एक राज्यमन्त्रीको नाम भने टुंगो लाग्न बाँकी छ ।