१४ बैशाख २०८१, शुक्रबार
Follow Us

श्रीमद्भागवत् महायज्ञ सुरु (फोटो फिचरसहित)

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०७५, शुक्रबार १५:४६

काठमाडौं । चन्द्रागिरी नगरपालिका– ९ मच्छेगाउँमा रहेको मच्छेनारायण मन्दिरमा लागिरहेको मत्सयनारायण मेलाकै अवसर पारेर पुरुषोतम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञको शुक्रवार उद्घाटन गरिएको छ । मेला परिसरमा नै लगाइने सो महायज्ञको राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक रामशरण पौडेलले उद्घाटन गर्नु भएको हो । महायज्ञको उद्घाटन गर्दै महानिरिक्षक पौडेलले मत्सयनारायण मन्दिर मानव विकाससँग पनि जोडिएको भन्दै मेलालाई राष्ट्रियस्तरकै मेला बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै पुर्व सांसद डिबी कार्कीले पूर्वीय दर्शनमा आधारित धार्मिक शास्त्रहरु वैज्ञानिक दृष्टीकोणले पनि शशक्त रहेको बताउनु भयो । उहाँले यस्ता धार्मिक शास्त्रहरु आफैमा नीयम र कानुन हो भन्दै धार्मिक शास्त्रमा उल्लेख मठ मन्दिर सस्कृति र धरोहरको संरक्षण गर्नुपर्ने बिचार राख्नु भयो । समाजसेवी धर्मराज गौतमले मत्सय नारायण क्षेत्र राष्टकै सम्पदा भएको भन्दै यस्ता मेला, अनुष्ठानले सो क्षेत्रको महत्व उजागर हुने बताउनु भयो । सोही वडा ९ का वडा सदस्य सुरेन्द्र केसीले वडाकै सम्पदाको रुपमा रहेका यस्ता ऐतिहासिक धार्मिक क्षेत्रको संरक्षण र प्रवद्धनमा लागिरहेको बताउनु भयो ।
जेष्ठ २५ गते सम्म लाग्ने सो महायज्ञको प्रमुख वाचक पन्डित ठाकुर प्रसाद सुवेदी भारद्धाज र उपवाचक पन्डित आलोक निरौला भारद्धाज रहनु भएको छ । प्रमुख वाचक सुवेदीले पुरुषोतम मास मा गरिने पुजाँ स्नान ,दान ,पुराण श्रवणको शास्त्रमा ठुलो महत्व उल्लेख भएको बताउनु भयो । भन्दै ज्योतिष, पन्डित डा. रुद्धनाथ अधिकारीको तत्वावधानमा आयोजीत महायज्ञको समुद्धघाटन समारोहमा मच्छेगाउँमा नै रहेको शान्ती योग आश्रम तथा दिव्य योग गुरुकुलका छात्राहरुले स्वती वाचन गरेका थिए । कार्यक्रमको अध्यक्ष समेत रहनु भएका महायज्ञ संकल्पकर्ता अधिकारीले मच्छेयनारायण क्षेत्रको महत्व उजागर गर्दे पुरुषोतम महिनाको महत्व जनजनमा पुर्याउन महायज्ञ आयोजना गरेको बताउनु भयो । उहाँले महायज्ञमा उठेको सहयोग रकम मच्छेनारायण क्षेत्रको सरक्षण र सम्बद्धनमा नै लगाउने भनाई राख्नु भयो । मच्छेनारायण मेला व्यवस्थापन समितिका प्रचार प्रसार संयोजक अच्युत अधिकारीले यस्ता यज्ञ अनुष्ठानले धार्मिक क्षेत्रको महत्व बढ्ने बताउनु भयो ।
महायज्ञमा मुक्तिनाथ भजन समुहका राकेश गुरुगं र ज्योतिष पन्डित आनन्द दिवाकर भण्डारीको समुहले सगिंतमय भजनकिर्तन र झाकी समेत प्रस्तुत गर्ने गरिने भएको छ ।
वैदिक सनातन धर्मका अनुसार भगवानको दश अवतार मान्यता रहेको छ । दश अवतार मध्ये मत्स्य अवतारलाई पहिलो अवतारको रुपमा लिएको छ । पृथ्वीको शुरुवात सगै भगवान नारायण ले सोही स्थानमा रहेको कुण्डमा मत्सयको रुपपछि दिव्यस्वरुपको दर्शन दिनु भएको मत्सयपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ । २ वर्ष ८ महिना २४ दिनको अन्तरालमा मलमास (पुरुषोतममास) शुरु भएदेखि १ महिनासम्म सो मत्सयनारायण मेला लाग्ने गर्दछ ।