१५ चैत्र २०८०, बिहीबार
Follow Us

सर्वोच्चद्वारा राजदूत नियुक्तिका लागि बाटो खुल्ला

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७३, सोमबार ०५:२७

काठमाडों । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश गोपाल पराजुली र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । सो आदेशसँगै सरकारलाई राजदूत नियुक्तिका लागि बाटो खुलेको छ ।
आदेशमा भनिएको छ, “कार्यपालिकाले राष्ट्रिय प्रतिनिधित्व गर्न निर्देशन र नियन्त्रणमा रही काम गर्नुपर्ने हुँदा कार्यपालिकाले नियुक्ति वा बर्खास्त गर्न पाउने छ ।”