७ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले अध्यक्ष ओली आज स्वदेश फर्कदै

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७३, सोमबार ०५:२८

काठमाडों । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । नियमित स्वास्थ्य उपचारको क्रममा ओली भदौ ९ गते थाइल्याण्ड गएका थिए ।
पूर्वप्रधानमन्त्री ओली राज्यको खर्चमा उपचार गर्न विदेश गएको भनी प्रचार भएपछि एमालेले ओलीले राज्य कोषबाट एक पैसा नलिएको दाबी गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ओली पार्टीको व्यवस्थापन र निजी स्रोतबाट उपचार गर्न गएको बताए ।
एमालेले राज्य कोषबाट उपचार खर्च लिएको भए सार्वजनिक गर्नसमेत सम्बन्धित निकायहरुलाई चुनौति दिएको छ ।यसअघि प्रधानमन्त्री बन्नुभन्दा पहिले सिकिस्त बिरामी परेका बेलामा भने तत्कालीन सरकारले उपचार खर्च सहयोग गरेको श्रेष्ठले बताए ।