८ बैशाख २०८१, शनिबार
Follow Us

कोरियन भाषा परीक्षाको केन्द्र सार्वजनिक

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०७५, शनिबार ०४:५७

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले यही जेठ २६ र २७ गते हुने नवौं कोरियन भाषा परीक्षा केन्द्र सार्वजनिक भएको छ । काठमाडौं, ललितपुर र पोखराका विभिन्न सेन्टरहरुबाट लिइने परीक्षाका लागि जम्मा २८ वटा केन्द्र तोकिएको छ ।

भाषा परीक्षा दुई सिफ्टमा हुने जनाइएको छ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुनेछ । रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत दक्षीण कोरियामा काम गर्न आउनेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ । यस अघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएका थिए ।

कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संसाधन विकास (एचआरडी) कोरियाले जनाएको छ । अंक प्रणाली तीन चरणमा हुनेछ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन गरिने जनाइएकाे छ ।