४ बैशाख २०८१, मंगलवार
Follow Us

ब्लड डोनर्स अमेरिका सम्मेलन संयोजकका नाताले मेरो अनुभव

नेपालब्रिटेन डट कम
१९ जेष्ठ २०७५, शनिबार १७:३८

“बि अ ब्लड डोनर बि अ लाइफ सेभर” भन्ने मुल मन्त्रका साथ मानव जिवन रक्षाको लागी सक्रिय संस्था ब्लड डोनर्स अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन गत मे २६ मा जर्जीयाको एटलान्टामा सम्पन्न भयो । हाल सम्म ८ हजार ४०० पिन्ट रगतदान गरिसकेको, झण्डै २५ हजार मानिसको ज्यान जोगाउन योगदान दिएको र अमेरीकाको ५० वटै राज्यमा रक्तदान सम्बन्धी जनचेतना जगाउदै रक्तदानको लागी अभिप्रेरित गर्ने कार्यमा सक्रिय यो पवित्र संस्थाको अधिबेशन आफैमा ठुलो चासो र जनसरोकारको बिषय थियो । केन्द्रिय समितिले मलाइ सम्मेलन संयोजकको गहन जिम्मेवारी सुम्पिएको थियो । एकातिर सम्मेलन अर्थपुर्ण, सार्थक र भव्यताका साथ सम्पन्न गर्नै महत्वपुर्ण जिम्मेवारी अनि बिडिए जस्तो गरिमामय संस्थाको सम्मेलन एटलान्टामा गर्न पाउने अवसरका बिच म निकै उत्साहित थिएँ । सम्मेलनको मिति घोषण भएदेखि नै दिनरात नभनि एकोहोरो खटिरहेँ । सम्मेलन संयोजकको नाताले मैलै कुनै एक विषयमा मात्र केन्द्रित भएर बस्न पाउदिन थिएँ बरु सबै पक्षहरुमा उचित ध्यानदिनु जरुरि थियो । अतिथि व्यवस्थापन, स्वागत सत्कार, उद्घाटन कार्यक्रमको ढाँचा शैलि, खानपिन, स्वयंसेवक परिचालन, आर्थीक व्यवस्थापन लगायतका कयौँ महत्वपुर्ण बिषयहरुमा मैले आफ्नो समय र विज्ञताले भ्याएसम्म कुशलतापुर्वक काम गरेँ । यसक्रममा मेरा सहकर्मी र अग्रजहरुबाट पाएको अमुल्य सहयोग र सुझाब समेतको उचित कार्यान्वयनका कारण नै बिडिए सम्मेलन यति भब्य र सभ्यतापुर्वक सम्पन्न भएको मेरो ठहर छ ।


जब स्थानिय ह्यात रिजेन्सि होटलमा ३ सय ५९ पटक रगतदान गरि विश्वर्कीतीमान कायम गरेका जोन सेफर्डले अमेरिकाभरबाट आएका प्रतिनिधि, पत्रकार र सकलदर्जाका बिच कार्यक्रमको उद्घाटन गर्नुभयो तव मैले आफ्नो सारा मेहनत र लगनले उचित पुरस्कार पाएको महसुस गरेँ । वास्तवमा मानवसेवाको जिउँदो इतिहास बनेका, ८६ बर्षीय जोनको उपस्थितीले हाम्रो कार्यक्रम सोह्र श्रृगांरले सजिएर मण्डपमा बसेकी बेहुली जस्तै सुन्दर बनेकी थिइन । जोन स्वयं पनि हाम्रो सेवाभाव र मानव जिवनप्रतिको योगदान देखेर हर्षविभोर भएका थिए । जब उनले मानब जीवनरक्षाको लागी नेपालीहरुको यो संस्थाले गर्न कुनैपनि कार्यमा आफ्नो पुर्णसहयोग रहने बताए तब हलमा तालिको फोहोरा फुटेको थियो । कार्यक्रममा कार्टर व्लड केयरका टड एब्नर लगायत अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । सम्मेलन सफल बनाउन अमेरीकाका ३० वटा राज्यहरुबाट प्रतिनिधिहरु भेला भएका थिए । कार्यक्रमको एक सवल पक्ष विजयराज भट्टराइको कुशल उद्घोषण पनि थियो । बिडिएका अध्यक्ष डा. नन्द रेग्मिले रक्तदानबारे प्रेरणादायी मन्तव्य दिनुभयो । कार्यक्रममा १६५ पटक रगतदान गर्नुभएका अजय सत्यालले दिनुभएका मन्तब्यले सबैको मन छोयो । नेप्लीज एसोसीएसन अफ जर्जीयाका अध्यक्ष केशब शर्मा, एनआरएनए जर्जीया च्याप्टर अध्यक्ष सुर्य लम्साल, एनसीसीए जर्जीयाका अध्यक्ष प्रल्हाद पन्त, अनेसासका अध्यक्ष पदम विश्वकर्मा, पत्रकार किरण मरहट्ठा, प्रवासी मंचका उपाध्यक्ष यमुना भट्टराइ र कवि महेश्वर पन्तले बिडिएले मानवसेवामा निर्वाह गरेको भूमीकाको बारेमा जोडदार मन्तब्य दिनुभयो जहाँ मैले धन्यवाद मन्तव्य दिएको थिएँ । यो सम्मेलनको अर्को शसक्त पक्ष भनेको अतिरिक्त क्रियाकलाप थियो जस अन्तर्गत भलिवल प्रतियोगीता र कविता प्रतियोगीता सम्पन्न भएको थियो । अनेसासले संयोजन गरेको कविता प्रतियोगीताका विजयीलाइ समारोहमा पुरस्कृत पनि गरिएको थियो । सम्मेलनको समापनमा आयोजीत विविध संस्कृतिक कार्यक्रमले सहभागीहरुलाइ पुनर्ताजगी प्रदान गरेको थियो भने नेप्लिज एसोसीएसन अफ जर्जीयाले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।


निकै उत्साह र अपेक्षाका विच भव्यताका साथ सम्पन्न भएको सम्मेलनले डा. लिला दहालको संयोजकत्वमा आगामी २ बर्षका लागी नयाँ कार्यसमिति चयन गरेको छ । जसमा कार्यकारि उपाध्यक्ष रेशम घर्ति, उपाध्यक्ष संजीव श्रेष्ठ, महासचिव सतिसचन्द्र गुप्ता, उपमहासचिव संजय श्रेष्ठ, कोषाध्यक्ष राम डंगोल सहकोषाध्यक्ष कपिल अधिकारी र सदस्यहरुमा डा.नारायण खड्का, इरा आचार्य, टिका पौडेल, शिव काफ्ले, महेश्वर पन्त र बालानन्द भण्डारि छन् । म सम्मेलन आयोजक समितिको अध्यक्षको हैसियतले नवनिर्वाचित टिमलाइ सफल कार्यकालको शुभकामना दिन चाहन्छु । मलाइ विश्वास छ अति योग्य साथिहरुको यो टिमले बिडिएलाइ नयाँ उचाइमा लैजाने छ ।
अमेरिकाभर रहेका नेपाली रक्तदाताहरुको छाता संगठन, बिडिएको यो सम्मेलनले मानवसेवामा हाम्रो समर्पण र योगदानलाइ उज्यालो बनाउने मामिलामा एक गहिरो छाप छोडेको मैले महसुस गरेको छु । यो सम्मेलनको दौरान मलाइ सहयोग गर्नुहुने, बिडिए अध्यक्ष लगायत कार्यसमितिका सम्पुर्ण साथिहरु, बिडिए जर्जीयाका साथीहरु, न्याकका साथिहरु र विभिन्न स्थानिय र राष्ट्रिय संघ संस्थाका मित्रहरुप्रति वहाँहरुले गर्नुभएको अतुलनिय सहयोगका लागी हार्दिक आभार व्यक्त गर्दछु । रक्तदान जिवनदान भन्ने मुलमन्त्रका साथ हामी यो पवित्र कार्यमा होमिएका छौ जसलाइ आगामि दिनमा यहाँहरुको थप साथ र सहयोगले अझ प्रभावकारि बनाउने सकिने छ भन्ने विश्वास लिएको छु ।

                                                                                               -भबिन्द्र बस्नेत, एटलान्टा