१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संस्थापनले चित्रलेखा यादवलाई अध्यक्षमा उठाउने

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७३, सोमबार ०६:००

काठमाडौं । वर्तमान केन्द्रीय समितिमा रहनेहरूले महाधिवेशनमा उम्मेदवार हुन नपाउने व्यवस्था भएकाले महिला संघको नेतृत्व बाहिरबाट ल्याउने तयारी संस्थापनले गरेको बुझिएको छ । वर्तमान अध्यक्ष डा.डिला संग्रौलाले अध्यक्षमा उठ्न नपाउने विधानले व्यवस्था गरेका कारण संघलाई हाक्सने नयाँ नेतृत्वको खोजी भएको हो ।
नेतृत्वका लागि पार्टीको संस्थापन पक्षबाट पार्टीकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले इच्छा देखाउनुभएको छ । उहाँ उम्मेदवार हुँदा सर्वसम्मत हुने सम्भावना पनि छ । यादव पूर्वमन्त्री तथा पूर्वउपसभामुख हुनुहुन्छ । यसैगरी, सुर्खेतकी अध्यक्ष जानकी सिंहले पनि इच्छा देखाउनुभएको छ । रामचन्द्र पौडेल पक्षमा पार्टीकी केन्द्रीय सदस्य किरण यादव, अनिता देवकोटा र रुक्मणी कोइरालाले इच्छा देखाउनुभएको छ, प्रकाशमान सिंहले जीवनावादे श्रेष्ठलाई उम्मेदवार बनाउने गृहकार्य गरिरहनुभएको छ भने कृष्णप्रसाद सिटौला समूहबाट झापाकी धनलक्ष्मी खतिवडाको उमेदवारी तय भइसकेको छ ।
महाधिवेशनको उद्घाटन यही भदौ २९ गते पार्टी सभापति शेरबहादुर देउवाद्वारा भृकुटीमण्डपको हलमा हुने भएको छ । निर्वाचन ३१ गते राष्ट्रिय सभागृहमा हुनेगरी कार्यक्रमको समय तालिका बनाइएको छ । गत शनिबारसम्ममा ७० जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । ६८ जिल्लाको अधिवेशन एकै दिन सम्पन्न भएका कारण पनि नेपाल महिला संघमा खासै विवाद छैन भन्ने देखिएको छ ।