१५ चैत्र २०८०, बिहीबार
Follow Us

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल लिटरको ११३ रुपैयाँ

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७५, आईतवार ०६:२४

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोल डिजेलको भाउ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै निगमले पेट्रोल डिजेलको भाउ बढाएको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले, ‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको जानकारी दिनु भएको छ । नयाँ मूल्यसूची मध्यरातिबाट लागू भएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरको १ सय १३ रुपैयाँ, डिजेल र मट्टितेलप्रतिलिटर ९५ रुपैयाँ पुगेको छ । मूल्य समायोजनपछि पेट्रोलमा १ रुपैयाँ ५९ पैसा र डिजेलमा ३ रुपैयाँ ४९ पैसा घाटा रहेको जनाइएको छ ।

यस्तै निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ। आन्तरिक हवाई इन्धनको मूल्यमा ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति हजार लिटरमा ७५ डलर बढेको निगमले जनाएको छ । आयल निगमले मूल्य बढाएकोप्रति उपभोक्तावादीहरुले आपत्ति जनाएका छन् ।