११ बैशाख २०८१, मंगलवार
Follow Us

२८ डीएसपी र ५५ इन्सपेक्टरलाई बढुवा गर्न सिफारिस

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७५, आईतवार ०६:२८

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । हिजो बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी पर्नु भएको छ । यसैगरी प्रताप कुमार गुरुङ र विश्व अधिकारी क्रमशः दोस्रो तथा तेस्रो नम्बरमा सिफारिस हुनु भएको छ । चौथो नम्बरमा सानुराम भट्टराई र पाँचौ नम्बरमा ओम प्रसाद अधिकारी बढुवाको सिफारिसमा पर्नु भएको छ ।

यसैबीच, ५५ प्रहरी निरीक्षक, इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न पनि सिफारिस गरिएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा रहनु भएको छ । दोस्रो नम्बरमा घनश्याम श्रेष्ठ, तेस्रोमा राजु पाण्डे, चौथोमा उमेश लम्साल र पाँचौ नम्बरमा किरणजंग कुँवर बढुवाको सिफारिसमा पर्नु भएको छ ।