१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यो वर्षको मनसुन गत वर्षभन्दा छिटो भित्र्दै, खडेरी नपर्ने

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७५, आईतवार ०६:३०

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुन पोहोर साल भन्दा छिटै भित्रने जनाएको छ । महाशाखाले यो वर्ष पोहोरको तुलनामा बढी पानी पर्ने पनि जानकारी दिएको छ । मनसुनको समयभरी देशभर औषतमा पोहोर भन्दा बढी पानी पर्ने मौसमविदहरुले जनाएका छन् । पोहोर परार भारतको केरलामा अंग्रेजी जुन महिनाको १ तारिखमा मनसुन सुरु हुँदा नेपालमा त्यसको ९–१० दिनपछि ‘जुन १० मा भित्रने गरेको थियो । यो वर्ष केरलामा २७ मे मै मनसुन सुरु भइसकेकाले यही हप्ताभित्रमा नेपालमा मनसुन भित्रने मौसमविद्हरुको अनुमान छ ।