११ बैशाख २०८१, मंगलवार
Follow Us

घलेद्वारा अदालतमा आत्मसमर्पण

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७५, आईतवार ११:००

विराटनगर । सुन तस्करीको प्रकरणका अभियुक्त डा डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आज जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । घलेको जिल्ला अदालतमा बयान शुरु भइसकेको छ । बयान सकिएपछि थुनछेकको बहश हुने प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।
यसअघि, गत बिहीबार निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक शयामबहादुर खत्रीले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । जिल्ला प्रहरी कार्यालयले गत, वैशाख १९ गते सुन तस्करी, सनम शाक्यको हत्या र सांगठनिक रुपमा अपराधिक समूह सञ्चालन गरेको अभियोगमा घलेसहित ६३ जनामाथि मुद्दा दर्ता गरेको थियो ।