१५ बैशाख २०८१, शनिबार
Follow Us

कमिलाको प्वाँख पलाएजस्तै कम्युनिष्ट सरकार : उपसभापति निधि

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७५, आईतवार ११:१२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट बिचारधारा पतनको दिशातिर उन्मुख हँुुदै गएको बताउनु भएको छ । नेपालमा कम्युनिष्ट पार्टीले गत निर्बाचनमा पाएको सफलतालाई उपसभापति निधिले मर्ने बेलामा कमिलाको प्वाँख पलाएजस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “जसरी मर्ने बेलामा कमिलाको प्वाख पलाउछ त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको छ ।”

बन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आज राजधानीमा उद्घाटन गर्दै नेता निधिले बिचारधाराको परिवर्तनसंगै कम्युनिष्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको उल्लेख गर्नुभयो । सरकारका १०० दिनको उपलब्धि हेर्दा आश गर्ने कुनै ठाउँ बाँकी नरहेको उहाँको भनाई थियो । सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको भन्दै निधिले भन्नुभयो  “सरकारले संघीयता, समावेशिता बिरुद्ध सिण्डिकेट खडा गरेको छ ।”

रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर कम्युनिष्ट सरकारले भारत र चीनको चाकडी गर्नुबाहेक अरु केही काम नगरेको बताउनु भयो । “बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले होल्ड गरेर राखेको छ”, उपसभापति निधिले भन्नुभयो“ अब काठमाडौंमा रेल ल्याउने कुरा पनि त्यसैगरी होल्ड गरेर राख्छ ।” त्यसैले अहिलेको सरकारले हुलाकी राजमार्गको काम अगिाडि बढाएन भनेर सोध्नुनर्पेमा त्यसो नगरी चाकडी गरेको टिप्पणी गर्नुभयो ।

आत्मप्रशंसामा समय खर्च गरेको सरकारका हरेक गतिबिधि अधिनायकबादतर्फ उन्मुुख भएको उपसभापति निधिको आरोप थियो ।