१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गाई मारेको अभियोगमा १२ वर्ष कैद

sarusaru
२० जेष्ठ २०७५, आईतवार १३:०८

अर्घाखाँची — गाई मारेको अभियोगमा एक जनालाई जिल्ला अदालतले जेल सजायको फैसला गरेको छ ।

भूमिकास्थान नगरपालिका–२ भोटेपोखराका यमबहादुर खत्रीलाई गाई मारेको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले १२ वर्षको जेल कैद सजायको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजालसले खत्रीले गोठमा बाँधेका एउटा रातो र दुई वटा कालो गाई बञ्चरोले टाउकोमा प्रहार गरेर हत्या गरेकाले १२ वर्ष कैद फैसला सुनाइएको सुचना अधिकारी टेकराज गैरेले बताए ।

मुलुकी ऐन चौपाया महलको १ र ११ नम्बर बमोजिम खत्रीलाई सजाय सुनाइएको हो ।

छिमेकी बलदेव भाटले खत्री विरुद्ध जाहेरी दिएका थिए ।
कान्तिपुर