१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनसम्पर्क समिति वेलायतको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७५, आईतवार २२:२४

लण्डन । नेपाली जनसम्पर्क समिति वेलायतको आयोजनामा एक स्वागत तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा अल्डरशटमा आयोजित च्यारिटी कार्यक्रममा सहभागी हुन युरोपका अन्य देशवाट वेलायत आएका कांग्रेस समर्थक नेता तथा कार्यकर्ताको उपस्थितमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
आइतवार, अल्डरशटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले देशको परिवर्तनशिल राजनैतिक घट्नाक्रससंगै विदेशमा बस्ने कांग्रेसी बीच एकताको खाचो रहेको विचार व्यक्त गरे ।

नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा १ दर्जन भन्दा बढी वक्ताहरुले आआफ्नो भनाई राखे ।

कार्यक्रमका प्रमुख अतिथि सांसद लालकाजी गुरुङले विदेशमा वस्ने नेपाली समूदायले देशप्रति देखाएको स्नेहप्रति आभार व्यक्त गरे । कार्यक्रममा सांसद ललीतकला गुरुङ, कुस्मा नगरपालीकाका मेयर रामचन्द्र जोशी, गैरआवासीय नेपाली संघ यूकेका महासचिव राजकुमार त्रिपाठी, जनसम्पर्क समिति युरोपका महामन्त्रि गंगाधार गौतम, रामकृष्ण मल्ल, एनआरएन यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, विश्वआर्दश पण्डित, जनसम्पर्क समिति वेलायतका निवर्तमान सभापति लोक गुरुङ, तमधिं युकेका उपाध्यक्ष हितकाजी गुरुङ, गोविन्द सुवेदी, डा. मिनराना रानाभाट लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सूर्य नेग्वाङ्गले दिएका थिए भने कार्यक्रमको संचालन प्रवेश केसीले गरेका थिए ।

गौतम सम्मानित
यसै बीच गैरआवासीय नेपाली संघ युकेले एनआरएन बेल्जियमका निवर्तमान अध्यक्ष गंगाधार गौतमलाई सम्मान गरेको छ । अल्डरटस्थित एनआरएन युकेको कार्यालयमा संघका अध्यक्ष योग कुमार फगामी र महासचिव राजकुमार त्रिपाठीले संयुक्त रुपमा गौतमलाई खादा लगाएर सम्मान गरेका हुन् । सम्मान कार्यक्रमका एनआरएन यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, उपाध्यक्ष शेर सुनार, डा. मिनरानाभाट लगायतको उपस्थिती थियो ।