७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारत्तोलनको ज्ञान बाढ्न नेपाल जादै च्याम्पिएन कार्की

नेपालब्रिटेन डट कम
२१ जेष्ठ २०७५, सोमबार ००:३३

भारत्तोलनका अन्तराष्ट्रिय च्याम्पियन रुप कार्की एक विशेष कार्यशाला संचालन गर्न नेपाल आउने भएका छन् । गैरआवसीय नेपालीको सहयोगमा भारत्तोलनका प्रशिक्षार्थीले आयोजना गर्ने भारत्तोलन सम्बन्धी विशेष प्रशिक्षण एवं कार्यशालामा सहभागी हुन उनि जुन १३ तारिख नेपाल पुग्नेछन् ।
बिगत १० बर्षदेखि अमेरिकाको भर्जीनिया बस्दै आएका कार्कीले गत बर्ष जर्जीयाको एटलान्टामा सम्पन्न अन्तराष्ट्रिय भारत्तोलन प्रतियोगीतामा प्रथमस्थान हात पार्दै स्वर्ण पदक जितेका थिए त्यस अघी उनि सन् २०१५ मा उत्तर अमेरिका च्यायाम्पिएन भएका थिए । भारत्तोलनमा यो स्तरको अन्तराष्ट्रिय पदक जिल्ने उनि पहिलो नेपाली हुन् । बुटवल स्थाइ घर भएका कार्की सानैदेखि भारत्तोलनमा रुचि राख्दथे तर नेपाल रहुन्जेल उचित प्रशिक्षणको अभावमा उनले यो सोखलाइ व्यवसायीक रुपमा अधिबढाउन सकेनन् । अमेरिका आएपछि आफुले दैनिक कडा प्रशिक्षण लिने गरेको उनि बताउछन्, “कडा मेहनत र निरन्तरता नै मेरो सफलताको कारण हो” उनी भन्छन् ।
एनआरएनए अमेरिका खेलकुद उपसमितिका सदस्य समेत रहेका कार्की आफुले जानेको सिप नेपालमा बाढ्न पाउदा निकै हर्षित छन् । नेपालमा कार्यशालाको चाँजोपाँजो उनका सहयोगी प्रकाश राइले मिलाएका हुन् भने एनआरएनए अमेरिकाको खेलकुद उपसमितिले अन्य प्राविधिक सहयोग गरेको कार्कीले बताए । “आफुले जानेको सिप र अनुभव नेपालका दाजुभाइलाइ बाढ्न पाउनु ठुलो खुसीको कुरा हो, म निकै उत्साहित छु ।” कार्कीले काठमाण्डौको अलावा बुटवलमा पनि प्रशिक्षण र अन्तक्रिया गर्नेछन् । उनि काठमाण्डौमा एक अत्याधुनिक भारत्तोलन प्रशिक्षण केन्द्रको उद्धघाटन कार्यक्रममा पनि सहभागी हुनेछन् ।