१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बृहत वातावरण साहित्य गोष्ठि सम्पन्न

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७५, सोमबार ०१:१०

लण्डन । आइतवार लण्डनको चाल्टन स्थित बृहत वातावरण साहित्य गोष्ठि भब्यताका साथ सम्पन्न भयो ।

युकेमा रहेका विभिन्न १४ वटा साहित्यिक संघसस्थाहरुको संयुक्त आयोजनामा तेस्रो बृहत साहित्य गोष्ठि भएको हो । प्रमुख अतिथि तथा युकेका लागि नेपालका राजदुत डा. दुर्गा बहादुर सुवेदी र नेपालबाट पाल्नु भएका अतिथि गीतकार भावेश भुमरीद्धारा कार्यक्रमको सभापति बनाईएको गमलाको लाँली गुराँस फूलमा सिंचन गरि उद्घाटन गर्नुभयो । गोष्ठिको पहिलो चरणमा अघिल्ला बर्षहरुमा वाचित तथा पुरस्कृत वातावरण सम्बन्धिका १०४ वटा वातावरणिय कविताहरु संग्रहित ‘स्वच्छन्द सुसेली‘ कृतिको विमोचन प्रमुख अतिथि सुवेदी लगायतका अतिथिहरुले सामुहिक रुपमा विमोचन गर्नुभयो । कृतिका बारेमा विनोद अधिकारी र विश्वास दीप तिगेलाले समिक्षा गर्नुभयो । त्यस्तै गरि अतिथि भुमरीलाई प्रमुख अतिथिले खदा ओडाई सम्मान गर्नुभएको थियो । सम्मानित अतिथि भुमरीले आफूलाई सम्मान गरेको र युकेमा निम्ता गरेकोमा आभार ब्यक्त गर्दै आफ्नो गीति यात्राको वारेमा बोल्नुभयो ।

आफू स्वयं पनि वातावरण साहित्य पत्रकार संघ वि.स. ३०३९ ताका खोली नेतृत्व गरेको स्मरण गर्दै प्रमुख अतिथि सुवेदीले वातावरण साहित्यको ठूलो महत्व रहेको बताउनु भयो । वहाले वातावरण साहित्यका अभियन्ता विजय हितानलाई खदा ओडाई सम्मान पनि गर्नुभयो । यस्ता खाले साहित्यिक गोष्ठिले महत्वपूर्ण योगदान पुग्ने विचार राख्नुहुदै आगामी १२ अगष्ट २०१८ का दिन युकेको साहित्यिक पवित्रभूमि क्यान्टवरी यूनिभर्सिटीमा हुन लागेको ‘विश्व नेपाली साहित्य सम्मेलन’को निम्ति सबैले सहयोग गर्नपनि पनि आग्रह गर्नुभयो । उक्त सम्मेलन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले गर्न लागेको हो ।

दोस्रो चरणको कार्यक्रममा ३८ जना कवि तथा कवियित्रीहरुले वातावरण सम्बन्धि कविताहरु वाचन गर्नुभयो । वाचन श्रृंखला शुरु अगावै ४ मिनेटमा सिर्जना वाचन सिध्याउनु पर्ने, सम्बोधन गर्न नपाईने, मोबाइल फोन बन्दगर्नुपर्ने, टोकन नम्बर लिए अनुसार वाचनको पालो आउने जस्ता आंचारसहिता लागु गरिएको थियो । साहित्यकार तथा नेपाली दुतावासका तृतीय सचिव भूपेन्द्र घिमिरेको मुख्य मूल्याङ्कन मण्डलले लाहाङ चेम्जोङ (चन्द्र गोपाल चेम्जोङ) लाई उत्कृष्ट कविको रुपमा घोषणा गर्दै, विगतका बर्षहरुमा झै सभापति मानिएको गमलाको राष्ट्रिय फूल लाँली गुराँस उत्कृष्ट कवि चेम्जोङलाई पुस्कार स्वरुप प्रमाणपत्र सहित प्रदान गरिएको थियो । कवि चेम्जोङले म नीलो बग्न चाहान्छु शिर्षकको कविता वाचन गर्नुभएको थियो । प्रतियोगी र अप्रतियोगी दुवैप्रकारका कविताहरु वाचन गरिएका थिए ।

दुर्गाप्रशाद पोख्रेल, जानुका राई, भुपेन्द्र घिमिरे, राजेन्द्र खस, दलबहादुर बुढाथोकी, सन्तोष कार्की, सन्जिता देउजा, होम सुनुवार, गोमा राना, गोपाल शाही, बिश्वकाजी राई, मोहन आचार्य जलद, डम्बर सिंह प्रयास, दुत पुन ‘चिम्खोले काईला’, सुरेशजङ शाह, निर्मला न्यौपाने, प्रतिमा केसी, बिनोद अधिकारी, विश्वासदीप तिगेला, नानु राना, जानु काम्बाङ, लालसुन्दर राई, भोजराज बराल, घनबहादुर थापा, भावेश भुमरी, कृष्ण बजगाई, वाशु शर्मा, मन्जु भण्डारी, सुमल कुमार गुरुङ, सारादेबी गुरुङ, देवी आले, लाहाङ चेम्जोङ, सेमन्त राई, कोमल श्रेष्ठ मल्ल, तारा भट्टराई, गोकुल भण्डारी, मोती भण्डारी, रेशम अर्याल लगायतले सिर्जना वाचन गरेका थिए ।

नेपाली साहित्य विकास परिषद, प्रवासी नेपाली साहित्य समाज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली प्रतिभा प्रतिष्ठान, अन्तर्राष्ट्रिय वाङमय प्रतिभा प्रतिष्ठान, नेपाल मुक्तक प्रतिष्ठान, एनआरएन भाषा तथा साहित्य विभाग, साहित्य चौतारी, साहित्य संगम, समकालिन साहित्य प्रतिष्ठान, नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान, विश्व नेपाली साहित्य महासङ्घ, वेष्ट युके शाखाको सहआयोजना तथा विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाको प्रमुख आयोजनामा गोष्ठि सम्पन्न भएको थियो । गोष्ठिमा सबै आयोजक संस्थाका अध्यक्षहरुलाई आसनग्रहण गराईएको थियो ।

वातावरण साहित्यका अभियन्ता वातावरणविद् विजय हितानको मुख्य सक्रियतामा विगत दुई बर्षमा झै यस बर्ष तेस्रो संस्करण हो । हितानको अगुवाईमा सन् २००९ देखि निसरन्तर वातावरण सम्बन्धि कार्यक्रमहरु नियमित हुदै आएका थिए भने युकेका सम्पूर्ण साहित्यिक संस्थाहरुलाई समेटेर बृहत रुपबाट सन् २०१६ बाट शुरु भएको हो । साहित्यिक क्षेत्रमा सबै संस्थाहरुको अस्थित्व स्वीकार गरेर संगसगै अगाडि बढ्दा सबैको कल्याण हुने भएकोले संयुक्त कार्यक्रम गरिएको विचार हितानले ब्यक्त गर्नुभयो ।

हितान विश्न नेपाली साहित्य महासङ्घ साउथ युके शाखाका पूर्व अध्यक्ष तथा हाल संरक्षक हुन । वहाले सहयोगी संस्थाहरु एभरेष्ट टाईम्स, विजिडब्लुएस रेडियो र बिएफविएस गोर्खा रेडियो लगायत हल उपलब्ध गराउने पत्त थापा, चिया बिस्कुटको सौजन्य गर्नुहुने मंजु भण्डारी, साउण्ड सिष्टमका सौजन्यकर्ता लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमलाई साहित्यकार लक्ष्मी राई (लारा) र हितान स्वयंले संचालन गर्नुभएको थियो । अन्तमा अभियन्ता हितानले आगामी १२ अगष्टका दिन सम्पन्न हुने विश्व नेपाली साहित्य सम्मेलनको निम्ति दोहरयाउदै कार्यक्रम समाप्त भएको जानकारी गराउनु भयो ।