११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन विज्ञ सम्मेलनको नेपाल सरकार सहआयोजक बन्ने

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७५, सोमबार १२:१९

लण्डन । गैरआवासीय नेपाली संघले आगामी अक्टोवरमा आयोजना गर्ने विज्ञ सम्मेलनको सहआयोजक नेपाल सरकार हुने भएको छ ।

प्रवासमा हासिल गरेको ज्ञान, सीप तथा धन स्वदेशको विकास र समृद्धिमा केन्द्रित गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले आगामी अक्टोबर १२ देखी १४ सम्म काठमाडौंमा गर्न लागेको सो सम्मेलनको सहआयोजक नेपाल सरकार हुन लागेको संघका उपाध्यक्ष कुमार पन्तले वताए ।

गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष पन्त र प्रधानमन्त्री केपी शर्मा ओली बीच सोमवार भएको वार्ता पछि नेपाल सरकार सहआयोजक बन्न सहमत भएको हो ।
गैरआवासीय नेपालीहरुको पहलमा पहिलो पटक नेपालमा आयोजना हुन लागेको सो सम्मेलन प्रति प्रधानमन्त्री केपी शर्मा अत्यन्त सकारात्मक र उत्साहित रहेको पन्तले जनाए । भेटकोक्रममा नेकपाका संसदीय दलका उपनेता सुवास नेग्वागं समेत सहभागी दिए ।
संघले स्थापनाकाल देखीनै नेपाल सरकारसंग सहकार्य गर्दै आएको छ । यसअघि सम्पन्न संघको अन्तराष्ट्रिय सम्मेलनको आयोजना समेत नेपाल सरकारले गर्दै आएको थियो ।