७ बैशाख २०८१, शुक्रबार
Follow Us

सहारा यूकेलाई एफए अवार्ड

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७५, सोमबार १३:०७

लन्डन । नेपाली समुदायको सकृयतामा स्थापित सहारा युके फुटवल कल्व एफए च्याम्पियन अवार्डद्धारा सम्मानित भएको छ । नेपाली संस्था सहारा यूके हयाम्पसायर एफए इक्वेलिटी च्याम्पियन अवार्ड प्राप्त गर्न सफल भएको हो ।
साउथहयाम्पटन एफसी कन्फरेन्स हलमा आयोजित विशेष समारोहमा सहारा यूकेलाई हयाम्पसायर एफएले इक्वेलिटी च्याम्पियन अवार्ड प्रदान गरेको हो ।

शनिवार आयोजित एक कार्यक्रममा हयाम्पसायर एफएका क्रिस स्मिथले सहारा यूके अध्यक्ष मिन बहादुर गुरुङ (साईंला) लाई उक्त अवार्ड प्रदान गरको सहारा युकेले जनाएको छ ।

सहारा यूके अध्यक्ष गुरुङ ‘हयाम्पसायर इन्क्लुसिभ एडभाइजरी समूहमा’ मा छन । अवार्ड प्राप्त गरेपछि अध्यक्ष गुरुङले प्रसन्नता प्रकट गर्दै नेपाली समुदाय वेलायतप्रति आभार व्यक्त गरेका छन् । गुरुङले सहारा युकेले एफएसंग सहकार्य गर्दै भविष्यमा नेपाली खेलाडीलाई प्रशिक्षण, रेफ्री तालिमको व्यवस्था गर्ने जनाए ।

अवार्ड कार्यक्रममा सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, एफसी चेयरमेन कुसाङ गुरुङ, महासचिव कृष्ण गुरुङ, धनु थकाली सहभागी थिए ।

Geplaatst door NepalBritain.Com op Maandag 4 juni 2018