१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन युरोपेली बैठकमा पूर्वप्रधानमन्त्री डा. भट्टराई आउने

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७५, सोमबार २१:१५

लण्डन । पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले गैरआवासीय नेपाली संघको युरोप क्षेत्रिय सम्मेलनमा भाग लिने भएका छन् । आगामी जुलाई २९ र ३० तारिख लक्जम्बर्गमा हुने एघारौ युरोपेली क्षेत्रिय बैठकमा पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराई आउने भएका हुन् ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तका अनुसार डा.भट्टराईसंग सोमवारको भेटघाट पछि उनी युरोप सम्मेलनमा आउने निश्चित भएको हो । डा. भट्टराई संघको अक्टोवरमा आयोजना हुने विज्ञ सम्मेलनको पूर्वतयारी स्वरुप युरोप सम्मेलनमा भाग लिन आउने भएका हुन् ।

युरोपस्थित २७ देशका गैरआवासीय नेपालीहरुको सहभागी हुने सो सम्मेलनमा प्रराष्ट्रमन्त्रि प्रदिप ज्ञवाली लगायत सरकारी उच्चअधिकारी समेतको उपस्थिती रहने छ । सम्मेलनमा लक्जम्बर्गको प्रधानमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ ।

एनआरएनए विज्ञ सम्मेलन आयोजक समितिका संयोजक डा. हेमराज शर्माले पूर्वप्रधानमन्त्री डा. भट्टराईले विज्ञ सम्मेलन प्रति देखाएको चासो सकरात्मक भएको वताए ।

सम्मेलन सफल पार्न युरोप संयोजक बरुवालको संयोजकत्वका मूल आयोजक समिति गठन भएको छ । समितिमा युरोप क्षेत्रका उपसंयोजकहरु,क्षेत्रीय महिला संयोजक,क्षेत्रीय युवा संयोजक,युरोप क्षेत्रका आईसीसी सदस्यहरु,आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु समेत रहेका छन्। ।

नेपालजस्तै भूपरिवेष्ठित मध्ययुरोपको लक्जमबर्ग संसारकै दोस्रो धनी देश हो । नेपालभन्दा ५० गुणा सानो जर्मनी, फ्रान्स र बेल्जियमले घेरिएको यो मुलुकको क्षेत्रफल जम्मा २ हजार ५ सय ८६ वर्गकिलोमिटर रहेछ ।