८ बैशाख २०८१, शनिबार
Follow Us

युरोपकै ठूलो बायोमेडिकल ल्याब बेलायतमा

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७३, सोमबार ०७:५६

लण्डन– युरोपकै ठूलो बायोमेडिकल ल्याब दि फ्रान्सिस क्रिक इन्सिच्युट सञ्चालनमा आएको छ।
डिएनए स्ट्रक्चरका सह–प्रमुख क्रिकको नाममा सञ्चालनमा ल्याइएको उक्त ल्याब ग्लाक्सो स्मिथ केनसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको हो।

लण्डनमा रहेको यस इन्सिच्युटले बेलायत तथा विश्वभरका वैज्ञानिकहरुलाई आकर्षित गर्ने विश्वास गरिएको छ। उक्त इन्सिच्युटले क्यान्सर, मुटु रोग तथा मस्तिष्कसम्बन्धी रोग कसरी विकास हुन्छ भन्ने अध्ययन गर्ने जनाइएको छ।

यस इन्सिच्युटका प्रमुख नोवल पुरस्कार विजेता तथा दि रोयल सोसाइटिका समेत अध्यक्ष रहेका सर पाउल नर्सले यस इन्सिच्युट वैज्ञानिकहरुका लागि कर्मथलो बन्ने बताए। उनले भने, ‘हामले सञ्चालनमा ल्याएको यस ल्याबमा क्यान्सर, मुटु रोग तथा मस्तिष्कसम्बन्धी रोग कसरी विकास हुन्छ भन्ने अध्ययन गरिने छ र यसले कुनै पनि रोगको उपचार गर्न सहयोग पु¥याउने छ। उनले यस ल्याबको प्रमुख लक्ष्य भनेको मानव स्वास्थ्य र रोगका बारेमा अध्ययन गरिने भए पनि मानव जीवनसम्बन्धी अन्य अनुसन्धाका लागि समेत ल्याबको प्रयोग गरिन सकिने बताए।