१५ बैशाख २०८१, शनिबार
Follow Us

आँधीका कारण ४९ को मृत्यु ७० बेपत्ता

sarusaru
२२ जेष्ठ २०७५, मंगलवार १०:४५

मोगादिसु- सोमालियाको स्वशासित राज्य सोमालील्याण्डमा आएको आँधीका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने अन्य ७० जना बेपत्ता भएका छन् ।
केही दिनदेखिको आँधीसँगै आएको बर्षा र बाढीका कारण उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार मामिला हेर्ने निकायका अधिकारीहरूले जनाएका छन् ।
सोमालिल्याण्डको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूलाई उद्धृत गर्दै बताइए अनुसार झण्डै एक लाख ६८ हजार मानिस प्रकोपबाट प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।
त्यसैगरी झण्डै २७७ हेक्टर भूमिमा पनि क्षति पुगेको अधिकारीहरूले जानकारी दिएको समाचारमा जनाइएको छ । आँधी, बर्षा र बाढीले खेतीयोग्य थुप्रै जमिन पनि काम नलाग्ने बनाएको छ ।
“ आँधीका कारण विभिन्न संरचनाहरू, बाटो, माछा मार्ने डुङ्गाहरू, उपचार सामग्रीलगायतको नोक्सानी भएको छ,” राष्ट्रसंघीय कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।
झण्डै असी प्रतिशत स्थानीय बासिन्दाको बासस्थान क्षतिग्रस्त भएको छ भने ३३ विद्यालयहरूमा पनि आंशिक प्रभाव परेको छ ।
अहिले आएको आँधी सोमालियामा अहिलेसम्म रेकर्ड गरिएका आँधीहरूमध्येको सबैभन्दा ठूलो र शक्तिशाली भएको बताइएको छ ।
आँधी, बर्षा र बाढीमा परी हजारौँ पशुचौपाया पनि मारिएका छन् भने हजाराँै मानिस विस्थापित भएका छन् ।
प्रकोपबाट प्रभावितहरूलाई उद्धार र सहयोग पु¥याउने कार्य भइरहेको र त्यसमा सुधार भइरहेको राष्ट्रसंघीय अधिकारीहरूले बताएका छन् ।
अधिकारकर्मीहरुले प्रभावितहरु झण्डै ३६ हजार पारिवारका रहेको जानकारी दिएका छन् । बरिडा, कालुला, गुम्बाक्स, मुर्कान्यो, एक्सबो र क्वान्डालाका केही भागहरू सवैभन्दा बढी प्रभावित भएका छन् ।

रासस÷सिन्ह्वा