१६ चैत्र २०८०, शुक्रबार
Follow Us

क्यानडामा तीज कार्यक्रम भव्य

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७३, सोमबार ०९:१२

अटवा- एनआरएन क्यानडाले गतबर्षझैं यस बर्ष पनि क्यानडाको राजधानी अटवामा नेपाली महिलाहरुको हरितालिका तीजपर्वलार्इ सेप्टेम्वर ३ तारिक शनिवारका दिन भव्यरुपमा मनायो । आआफ्ना घरबाट पकाएर ल्याएका खिर, लट्टे, पुलाउ, आलुचना, आलुतामा विभिन्न प्रकारका अचारजस्ता विविध नेपाली परिकारहरु खाएर तीज पर्व मनाए ।
नेपाल भन्दा हजारौं माइल टाढा रहेर पनि नेपाली कला संस्कृति र परंपरालार्इ एक पुस्ताबाट अर्को पुस्तासम्म पुर्याउने अवशरका रुपमा मात्र सिमित नभइ यस्ता कार्यक्रमहरुले व्यस्त जीवनका तनाबलार्इ अन्त्य गरेर मनोरंजन, एवं खुशि प्रदान गर्नुका साथै दुख र पिडालार्इ भुलाउने मन्चको रुपमा तीज पर्व रहेको कुरा सहभागीहरु बताउँछन् ।
प्रदेशको सागरमा छरिएका हामी एकपटक एकै मन्चमा भेला भएर आ आफुले पकाएर ल्याएका विभिद व्यन्जन खाने, नाच्ने गाँउने र रमाउने अवशर जुटाइ दिएकोमा सहभागिले एनआरएन क्यानडाप्रति आभार प्रकट गरे । कुनै भय लज्जा र हिनताबाट उन्मुक्त भएर आफ्ना कला प्रदर्षण गर्न पाउने यो अमुल्य अवशर हो । यसले एक आपसमा आत्मियता बढाउँछ एक सहभागिले बताइन । नेपालबाट छोरा बुहारी भेट्न आएका आमाबाहरु पनि तीज कार्यक्रममा सरिक भएर आफुहरुले मनोरंजन लिएको बताए ।
हामीलार्इ त नेपाल छोडेपछी यस प्रकारका नाच गान देख्न पाइएला भन्ने लागेकै थिएन भन्दै खुशि व्यक्त गरे । कार्यक्रममा स्थानिय नेपाली संघसंस्था नेपाल एम्वेसीका परिवारहरु र अटवामा बशोवास गर्ने नेपाली महिलाहरुको व्यापक सहभागिता रहेको थियो । महिलाहरुका नाचगानमा पुरुषहरुले पनि सरिक भएर हौशला प्रदान गरेका थिए ।