६ बैशाख २०८१, बिहीबार
Follow Us

विद्यार्थी र व्यापारीका लागि एनएसयु टेक फेस्ट

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७५, बुधबार १५:१४

काठमाडौं । नेपाल विद्यार्थी संघले यही जेठ २६ गते एकदिने ‘एनएसयु टेक फेस्ट’ २०७५ आयोजना गर्ने भएको छ । नेविसङ्घका केन्द्रीय सदस्य इमेली शाहले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी र सिर्जनशील उद्यमीलाई लगानीको वातावरण सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताउनुभयो ।

पहिलो पटक हुने सो कार्यक्रमले कलेजस्तरमा व्यापारी उपस्थित भई विद्यार्थीको क्षमतादक्षता हेरी लगानी गर्ने मनस्थिति बनाउन कार्यक्रमले सहयोग गर्ने जिकिर गर्नुभयो । कार्यक्रममा भौतिक निर्माण र आधुनिक प्रविधि गरी दुई विधामा उपस्थित भएकामध्येबाट एक-एक समूहलाई विजेता घोषणा गरिने बताइएको छ । विजेताले रु एक एक लाख प्राप्त गर्नेछन् ।