७ बैशाख २०८१, शुक्रबार
Follow Us

बर्खास्त भएको ९ महिनापछि खड्काको राजीनामा

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७५, बिहीबार ०७:३५

काठमाडौं । लामो समय विवादमा परेका, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिनु भएको छ । जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले आज पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्नु भएको छ । खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेको थियो ।

त्यसपछि अदालत पुगेका खड्का सर्वोच्चको आदेशबाट फेरि निगम फर्किनु भएको थियो । तर, खड्कालाई आपूर्ति मन्त्रालयले मन्त्रालय हाजिर गराएर जिम्मेवारीबिहीन गराएको थियो । कार्यकाल ६ महिना बाँकै छँदै राजीनामा दिएका खड्काले निगमलाई मार्गप्रशस्त गर्न यस्तो निर्णय गरेको बताउनु भएको छ ।

खड्काले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप समेत लगाउनु भयो । ‘ममाथि देशी–विदेशी तत्वहरुले समेत षड्यन्त्र गरे’, खड्काले राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा भन्नु भयो । खड्काले अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको भन्दै आक्रोस पोख्नु भयो ।