१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस तीन केन्द्रीय सदस्य मनोनयन

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७५, बिहीबार ०९:४८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले तीन जनालाई केन्द्रिय सदस्यमा मनोनयन गरेका छन् । देउवाले आज लमजुङका दिलवहादुर घर्ती, काभ्रेका शिवप्रसाद हुँमागाई र दाङकी शीला शर्मा खड्कालाई केन्द्रिय सदस्यमा मनोनित गरेका हुन ।

बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने घर्ती पूर्व केन्द्रीय सदस्य पनि हुन । सिटौला निकट हुँमागाँई काभ्रेका पूर्व जिल्ला सभापति हुन । खड्का भने स्वर्गीय कांग्रेस नेता खुमवहादुर खडकाकी श्रीमति हुन । त्यस्तै सभापति देउवाले दमननाथ ढुंगाना, तीर्थराम डंगोल र हिरादत्त भट्टलाईलाई कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा मनोनयन गरेका छन् ।