१३ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकार धम्क्याउने उनै हुन्, युनियनद्वारा भत्र्सना

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७५, बिहीबार १५:०९

काठमाडौं । हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याउनुका साथै मानसिक तनाव दिएको भन्दै नेपाल प्रेस युनियनले त्यसको घोर भर्सना गरेको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलले आज प्रेस विज्ञप्ति जारी गरी जेठ २३ गते साँझ ७:०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूकी अध्यक्ष तथा सांसद नवीना लामाको निर्देशनमा अनेरास्ववियूकै केन्द्रीय सदस्य बताउने भूपेन्द्र शाही नेतृत्वको सात जनाको समूहले हाम्रा कुरा डटकमको तीनकुनेस्थित कार्यालयको समाचार कक्षमा छिरेर कार्यरत पत्रकारलाई धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्रष्ट पार्नुभयो ।

समाचार कक्षमा प्रवेश गर्नु तथा फोनबाट सम्पादकलाई धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो भन्दै विज्ञप्तिमा भनिएको छ, “समाचारसम्बन्धी चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिइ उपचार खोज्ने बाटो हुँदाहँुदै कार्यालयमा नै पुगेर समाचार हटाउन दबाब दिनु निन्दनीय छ ।”

घटनाको छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन, पत्रकारको पूर्ण सुरक्षा गर्न र यस्ता घटना दोहोरिन नदिन एवं संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार निर्वाध उपभोग गर्ने वातावरण तयार गर्न युनियन सरकारसँग जोडदार माग गर्दछ, विज्ञप्तिमा उल्लेख छ ।

 

नविनाको स्पष्टिकरण

सम्पादक ज्यू

नेपालीमा उखन छ खाएको विष पो लाग्छ नखाएको विष कसरी लाग्छ ??!! जुन पेट्रोलियम पदार्थको मुल्यवृद्विको विषयमा लेखिएको स्टाटसलाई आधार बनाइ केही ब्यक्तिले मेरो चरित्र हत्या गर्ने उदेश्यले मैले नलेखेको कुरा मेरो नक्कली आइडी बनाई स्क्रिनसट गरि राखेको हो भन्ने जानकारी गराउन चाहन्छु। मैले आजसम्म सामाजिक सञ्जालको प्रयाेगमा जहिले पनि सावधानी अपनाउँदै आएको छुँ। म बाट त्यस्ता प्रकारका शब्दको किमार्थ प्रयोग हुँदैन। यस्ता गतिविधिमा संलग्न जो कोहिउपर कानुनि कारबाहीमा जानेछु र अपराधीलाई कानुनको कठघरामा उभ्याउने छुँ !

साथै अनेरास्ववियु सधैँ शैक्षिक आन्दोलन, सामाजिक आन्दोलन र जनजीविकाको सवालमा प्रतिपक्षको भूमिकामा रही सडक बाघको रुपमा आन्दोलनको अग्रभागमा रहिआएको सबैलाई थाहा छ ! नविना लामा