११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन युरोप सम्मेलनका लागि मिडिया समिति गठन

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७५, बिहीबार १५:४७

लण्डन । गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय सम्मेलनको तयारीको लागि मिडियाको छुट्टै समिति गठन भएको छ । गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय तयारी समितिको हालै सम्पन्न बैठकले चिरन शर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।
जुलाई २९ र ३० तारिख लग्जेम्वर्गमा हुने ११ औं क्षेत्रीय सम्मेलनको प्रचारप्रसार र सम्मेलनपछि विशेष सोभिनियर (सम्मेलन विशेषांक) प्रकाशन गर्न सो समिति गठन गरिएको एनआरएन यूरोप क्षेत्रीय संयोजक शिव बरुवालले जानकारी दिए ।
यूरोप क्षेत्रीय संयोजक बरुवालका अनुसार गैरआवासीय नेपाली संघका समाचार संयोजक चिरन शर्मालाई बैठकले थप जिम्मेवारी दिएको हो । समितिको सदस्यहरुमा स्पेनबाट वसन्त रानाभाट, बेल्जियमबाट डिल्लीराम अम्गाई, राजेन्द्र रसाइली, स्वीटजरल्यान्डबाट गुणराज शर्मा, लक्जेम्वर्गबाट विमलबाबु उपाध्याय, रोमानियाबाट नवराज पोखरेल, पोर्चुगलबाट महेन्द्र पौडेल, योगेन्द्र मिलन छन्त्याल, राज कुमार थापा, गणेश पाण्डे, भवानी गिरि, पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपांगी, लक्जेम्वर्गबाट बालहरि एई, फ्रान्सबाट प्रकाश सापकोटा छन् । समितिको सल्लाहकारमा दधी सापकोटा रहेका छन् ।
यस्तै बेलायतको लागि कान्तिपुर संवाददाता नविन पोखरेल, सेतोपाटी संवाददाता फडिन्द्र भट्टराई, नेपाल खबर डट कमबाट प्रजय शुक्ल, शिव भण्डारी समितिमा रहेका छन् ।
२७ देशका गैरआवासीय नेपालीहरुको उपस्थिति रहने सो सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेपाल सरकारका उच्चअधिकारी समेत सहभागी रहने छन् ।