७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजपा केन्द्रीय सचिव लामाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०७५, शुक्रबार ०५:२५

इनरुवा । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । उहाँ ३१ बर्षको हुनुहुन्थ्यो ।
करेन्ट लागेर गम्भीर घाइते भएका लामाको उपचारका लागि धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु् भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उहाँका श्रीमती र दुई सन्तान छन् ।