१६ चैत्र २०८०, शुक्रबार
Follow Us

क्षेत्री समाज यूकेको वार्षिक भेला २८ जुलाईमा

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७५, शुक्रबार १६:२४

जगन कार्की । लण्डन । क्षेत्री समाज बेलायतले आगामि २८ जुलाईमा वार्षिक समर भेटघाट (गेट टुगेदर) गर्ने भएको छ ।

समाजका अत्यधिक सदस्यहरुको सहभागीता रहने यो महत्वपूर्ण कार्यक्रम स्थानीय अल्डसर्टको कनेट स्कूलमा आयोजना हुने समाजका महासचिव कुमार केसीले बताए ।

कार्यक्रमको संयोजनको जिम्मेवारी उपाध्यक्ष यज्ञ क्षेत्रीलाई प्रदान गरिएको छ । समाजसंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका बेलायातवासी क्षेत्री समुदायका अधिकांस सदस्यहरुको उपस्थिति रहने
केसीले जनाए ।

कार्यक्रममा खस क्षेत्रीहरुको संस्कृति झल्किने बिबिध संस्कृतिक कार्यक्रम , ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति रहने छ । रोचक खेल तथा मनोरंजनले भरिएको यस कार्यक्रममा सबैलाई सहभागी भएर भरपुर मनोरंजन साथै सहयोग गरिदिनको लागी कार्यक्रम संयोजक क्षेत्रीले आग्रह गरेका छन् ।

बेलायतमा बिभिन्न संघसंस्थामा कृयाशिल सामाजिक अभियन्ता तथा समाजका सल्लाहकार रामशरण सिम्खडाले सामुहिक हित, परम्परा र संस्कृति जोगाउन समाजको नयाँ कार्यसमितिका पदाधिकारीहरुले लिएको कदम स्वागत योग्य भएको वताए ।

बेलायतका लागी नेपाली राजदूतको प्रमुख आतिथ्यता रहने सो कार्यक्रममा नेपाली राष्ट्रीय क्रिकेट टोलीलाई सम्मान गर्न आयोजकसंग समय मिलाउने पहल समेत भै रहेको संयोजक क्षेत्रीले जानकारी दिए ।

बिगत केहि बर्ष देखी क्षेत्री समाज यूके बिभिन्न सामाजिक कृयाकलापमा संलग्न हुंदै आएको छ । मेरी क्षेत्रीको दुखद निधनमा सहयोग होस या कलाकार कलाकार दीपक क्षेत्रीको ज्यान बचाउने काममा, चाहे पप सम्राट ओम बिक्रम बिष्टको स्वास्थ उपचार होस या बाग्लुड्ग की शान्ती अधिकारिको दुबै मृगौला प्रत्यापरोपणमा सहयोग किन नहोस यस संस्थाले अग्रणी भूमिका निर्बाह गरि रहेको कुरा अध्यक्ष राजन कुमार क्षेत्रीले बताए ।
स्मरण रहोस गत बर्ष जनवरीमा आयोजित आपत्कालिन राहतकोष संकलनार्थ आयोजित च्यारिटीकार्यक्रममा १६ लाख संकलन गरिएको थियो ।