४ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतबाट छापिएका नेपाली पुस्तक पुरस्कृत हुने

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७५, शुक्रबार २१:०७

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेले यस वर्षको सुप्रमा पुरस्कारका निम्ति कृतिहरू उपलब्ध गराउन सूचना प्रकाशित गरेको छ ।

अनेसास – सुन्दर प्रसाद मानन्धर (अनेसास-सुप्रमा) पुरस्कार -२०१७ को लागि बेलायतमा रहेर लेखिएका र जुन २०१७ देखि मे २०१८ सम्ममा प्रकाशन भएका साहित्यका कुनै पनि विधाका पुस्तकहरु सहभागी हुनसक्ने संस्थाले बताएको छ ।

यो पुरस्कार बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धरद्वारा सन् २०१२ मा आफ्ना स्व. पिता सुन्दर प्रसाद मानन्धरको नाममा स्थापना गरिएको हो । स्टर्लिङ्ग पाउण्ड २५० रहेको सो पुरस्कार यस अघि मुकेश राई, दुर्गा प्रसाद पोख्रेल, केदार संकेत र कृष्ण बजगाईंले प्राप्त गर्नु भएको थियो ।

आयोजकका अनुसात पुस्तक तलको ठेगानामा पठाउन सकिन्छ ।

7 Upper Town Road
Greenford
UB6 9JE