७ बैशाख २०८१, शुक्रबार
Follow Us

यति राम्रो प्रतिभा भएका महेश किन चर्चामा आउन सकेनन् ? (भिडियोसहित)

sarusaru
२६ जेष्ठ २०७५, शनिबार ०३:४८

सरु पौडेल,काठमाण्डौ – बाग्लुङको बलेवामा रहेको जनता मा.वि.मा अध्ययनरत दृष्टिबिहिन विद्यार्थी महेश शर्मा बहुप्रतिभाका धनी छन् । गीत गाउन , बाद्यवादन तथा अन्य क्रियाकलापहरुमा पनि महेश निकै सक्रिय छन् । पछिल्लो समयमा उनको स्वरमा सजिएको निकै मिठो राष्ट्रिय बालगीत बजारमा आइसकेको छ ।
अहिले विभिन्न संस्थाले तथा विभिन्न व्यक्तिहरुले पनि लुकेर रहेका प्रतिभाहरुलाई खोजी खोजी ल्याएर उनीहरुको प्रतिभाको प्रस्फुटन गरेका छन् ।गर्न त महेशको गीत निकाल्न पनि केही व्यक्तिहरुले महत्वपूर्ण योगदान गरे तर महेश अरु प्रतिभा जस्तो मिडियामा छाउन सकेनन् । महेश एउटा असाधारण प्रतिभा भएर पनि मिडियामा आउन नसक्नुको कारण आखिर के ? उनलाई कसैले नदेखेर हो वा मिडियामा उनलाई चिनेका कसैको लिङ्क नभएर हो !
उनको स्वर सुन्दा जो कोही अवश्य लोभिन्छ । बजारमा आएको उनको यो बालगीतको भिडियो हेरौँ ।