१३ बैशाख २०८१, बिहीबार
Follow Us

५ हजारले हेरे मगर संघ युकेको ओपन कन्सर्ट (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७५, शनिबार १९:०७

लन्डन । मगर संघ युकेले आयोजनामा भएको कन्सर्ट हेर्न ५ हजार नेपाली जम्मा भए । शनिवार फार्नबोरो स्थित फार्नबोरो फुटबल क्लबमा सम्पन्न कन्सर्टमा ५ हजार सहभागी भएका हुन् ।
कन्सर्ट हेर्न बेलायतको विभिन्न स्थानबाट नेपाली समुदायको बाक्लो उपस्थिति थियो । कार्यक्रममा कलाकारहरु सागर आले, मिना लामा, विमलराज क्षेत्री, प्रिती आले, मन्सुधन थापा, कल्पना गुरुङ पुनले प्रस्तुति दिए ।
संघको अध्यक्ष नेम थापा अध्यक्षतामा सम्पन्न कन्सर्टमा प्रमुख अतिथिमा बेलायतको लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदीले थिए ।

कार्यक्रममा रस्मूरबोरो काउन्सिलका डेपुटी मेयर, साहित्यकार तथा गीतकार भाबेश भुमरी, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग फगामी, आइसीसी सदस्य शान्ति थापा कुवर, रामशरण सिम्खडा, नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष जंग सुनुवार लगायतको उपस्थिति थियो । कार्यक्रममा बोम सूर्यवंशीले स्वागत मन्तब्य दिए भने लाल पुन, तुल्चन्द्र तिलिजाले कार्यक्रमको संचालन गरे ।

सो कार्यक्रममा मगर संघ युकेको मुखपत्र कानुंग लांघाको समेत बिमोचन गरिएको थियो । मगर संघ युकेले सन् २००७ देखि हरेक वर्ष उक्त कन्सर्टको आयोजना गर्दै आएको छ ।