१३ बैशाख २०८१, बिहीबार
Follow Us

थाइल्याण्डको जंगलमा निर्वस्त्र युवती झै फल

नेपालब्रिटेन संवाददाता
२७ जेष्ठ २०७५, आईतवार ०८:३०

बैंकक । रुखमा झुण्डिएको अवस्थामा तपाइँले कसैलाई देख्नु भयो भने के गर्नुहोला ? पहिलो त सायद तपाई आत्तिनु नै होला, वा कसैको सहयोगका लागि तत्कालै गुहार माग्नु होला ।

अनि, रुखका हाँगाहाँगामा त्यस्तो पाउनु भयो भने चाँहि ? यो झन भयानक होला । त्यसोभए तपाइँ थाइल्याण्डको हिमाफन जंगल जान सक्नु हुन्न किनभने यो जंगलमा रहेको एक रुखमा सधै नै निर्वस्त्र युवतीहरु झुण्डिरहेको पाइन्छन । यसरी झुण्डिएका युवतीहरुको लामो र सलक्क परेको कपाल उक्त रुखका हाँगामा बाँधिएको हुन्छ । र, युवतीहरु यसैको सहारामा तुर्लुङ्ग झुण्डिएका हुन्छन् ।

वास्तवमा हिमाफनको जंगलका रुखमा झुण्डिएका निर्वस्त्र युवतीहरु विचित्र प्रकारका वस्तु हुन् । ती वास्तविक मानिस नभएर रुखका फल हुन् । यी फलको रंग हरियो छ । यो रहस्यमय रुखका बारेमा थाइल्याण्डमा एक धार्मिक मान्यता रहेको छ । उक्त मान्यता अनुसार भगवान गौतम बुद्ध स्वयंमले जंगलमा यो रुख रोपेका थिए । जब मानिसहरु बुद्धले देखाएको बाटो हिड्न छाड्दन् तब उक्त प्रजातिको रुख नष्ट हुने मान्यता रहेको छ ।

बौद्ध धर्मका अनुसार यस्तो विनाशको दिन आउन अझै पनि हजारौँ वर्ष बाँकी रहेको छ । भगवान बुद्धले निर्वाण प्राप्त गरेको ५ हजार वर्षपछि त्यो प्रलयको दिन आउने भनिएको छ ।

नेरिफनको रुखमा फल्ने त्यो निर्वस्त्र युवतीको स्वरुपको फल केवल ७ दिनसम्म मात्र बोटमा रहन्छ । त्यसपछि केही फल मानिसहरुले फुटाएर नष्ट हुन्छन् भने केही आफै पाकेर झर्ने गरेको छ ।