१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली साहित्य विकास परिषद यूकेको अधिवेसन स्थगित

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७३, सोमबार १५:४९

लन्डन । नेपाली साहित्य विकास परिषद यूकेको अधिवेसन स्थगित गरिएको छ । यही सेप्टेम्बर २५ तारिख लन्डनमा हुने भनिएको अधिवेसनको सम्पूर्ण निर्वाचन समिति कार्यक्रम अर्को सूचना प्रकाशित नहुने बेला सम्मका लागि स्थगित गरिएको परिषदका कार्यवाहक अध्यक्ष कमल मल्लले जनाए । यसअघि १० औं अधिवेसनबाट नयाँ कार्यसमितिको निर्वाचनका लागि कृष्ण भट्टको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिले आफ्नो निर्वाचन तालिका प्रकाशित गरिसके पछि बिषेश कारण देखाउदैं सबै अधिवेसनको कार्यतालिका अर्को मितिमा गर्ने तयारी गरिएको छ । परिषदको अर्को अधिवेशन नोभेम्बरको अन्तिम सम्म गराइ सक्ने योजना रहेको मल्लले बताए । परिषदले परिषदका सदस्य, साहित्यकार, कवि तथा सम्वन्धि सबैमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै परिषदको अर्को सूचना सम्म प्रतिक्षा गर्न आग्रह गरेको छ ।