१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गुन्डा नाइके अशोक लामामाथि प्रहरीद्धारा गोली प्रहार

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७५, सोमबार १०:०२

ललितपुर । ललितपुरमा प्रहरीले गुन्डा नाइके अशोक लामालाई गोली हानेको छ । युएन पार्कमा लामामाथि खानतलासी गर्न खोज्दा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि अपराध महाशाखाको टोलीले लामामाथि गोली प्रहार गरेको हो । दाइने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा उनको साथवाट दुई राउन्ड गोली र एउटा पेस्तोल पनि बरामद भएको अपराध महाशाखाले जानकारी दिएको छ ।

लामासँगै रहेका २ जना भाग्न सफल भएको प्रहरीले जानकारी दिएको छ । लामा यसअघि पनि विभिन्न अपराधिक घटनामा पक्राउ परिसकेका थिए । पछिल्लो समय उनी ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्काउने कार्यमा सग्लन रहेको प्रहरीले दावि गरेको छ ।