८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री ओली नै सबैभन्दा ठूलो खतरा : गगन थापा

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७५, सोमबार १३:५९

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संघीय गणतन्त्रका लागि प्रधानमन्त्री केपी शर्मा ओली नै सबैभन्दा ठूलो खतरा रहेको आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघले सोमबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले ‘अहिलेको व्यवस्थालाई कहीँ–कतैबाट खतरा छ भने त्यो प्रधानमन्त्री ओलीबाटै’ रहेको जिकिर गरे ।

नागरिक बनेर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहबारे टिप्पणी गर्नु आवश्यक नरहेको भन्दै थापाले ‘प्रधानमन्त्री ओलीलाई संघीयता नै मन नपरेकाले यसलाई जोगाउने दायित्व कांग्रेसको हो’–भने । कार्यक्रममा अर्का युवा नेता प्रदीप पौडेलले सत्तारुढ दलहरुले समृद्धिको नारा लगाएर चुनावमा बहुमत ल्याएपछि कुनै काम हुन नसकेको बताए ।

अब कांग्रेसलाई रुपान्तरण गरेर नयाँ ढंगले अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायत सहभागी थिए ।