१३ बैशाख २०८१, बिहीबार
Follow Us

आपत्तिजनक अवस्थामा भेटिएकाहरु पक्राउ

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७५, सोमबार १४:०५

चितवन । प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा नारायणगढबाट पाँच जोडीलाई पक्राउ गरेको छ । शहिदचोकको सौगात होटेलबाट ४ जोडी र गंगोत्री रोडमा रहेको होटेल रेसुङगाबाट एक जोडीलाई पक्राउ गरेका हुन् ।

दिउँसो पाँच जोडीसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पाँच जना केटी र सात जना केटा रहेका छन् । पक्राउ परेका मध्ये दुई जना पुरुष भने होटेल संचालक रहेको बताईएको छ । उनीहरुलाई वडा प्रहरी कार्यालय नारायणगढको टोलिले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । चितवन प्रहरीले बजार क्षेत्रबाट विभिन्न समयमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गर्दै आईरहेको छ ।

चितवनका साना भन्दा ठुला होटल तथा रिसोर्टहरुमा दैनिक जसो यस्ता कृयाकलाप हुने गरेको तर प्रसासनले भने सधै सानालाई मात्रै निसानामा पार्ने गरेको ब्यवसायीहरुको आरोप रहेको छ । ठुलासंग कुम जोड्दै सानामाथी प्रहरीले दमन गर्ने गरेको एक ब्यवसायीले गुनासो गरे ।