१५ चैत्र २०८०, बिहीबार
Follow Us

ग्रेटर रशमोर नेपाली कम्युनिटीको भिक्टोरिया डे सम्पन्न

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७५, सोमबार १९:३२

अल्डरशट। ग्रेटर रशमोर नेपाली कम्युनिटीको भिक्टोरिया डे सम्पन्न भएको छ।

रशमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा मनाइने, भिक्टोरिया डे यस वर्ष परेडमा तीन सय र बाहिर ४ हजार भन्दा बढी नेपाली समुदायबाट सहभागिता रहेको थियो।

स्थानीय नेपाली संघ संस्थाको सहभागिता र सहकार्यको परिणाम स्वरूप अपार सफलता प्राप्त गरेको थियो।

बिगतमा हरेक दुई वर्षमा मनाईने भिक्टोरिया डे, ग्रेटर रशमॊर नेपाली कम्युनिटीको अग्रसरतामा केहि वर्षदेखि हरेक वर्ष मनाउन शुरु गरिएको हो।

कार्यक्रममा विभिन्न धर्म, जाति एवं संस्कार र संस्कृति झल्कने पहिरन सहित करिब तीन सयभन्दा बढी परेड मार हजारौंको संख्यामा सहभागिता रहेको थियो।

 

स्थानीय समूदाय र नेपाली समूदाय बिचको दुरीलाई नजिक ल्याउन उक्त कार्यक्रममा प्रथम नौमती बाजा युके, बिसीसी यूके, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्ब्रो, लमजुङ सेवा समाज, किराँत राई यायोखायुके, मगर संघ यूके, किराँत याक्थुङ्ग चुमलुङ्ग युके, क्षेत्री समाज यूके, गेसो, मदत समूह, तमुधी यूके, तमुपेलु संघ, गोर्खा आमा समूह लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहेको कुरा वरिष्ठ उपाध्यक्ष रामधन राईले बताए।

गोर्खा आमा समूहले तीनवटा सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने, प्रथम नौमती बाजा युकेको प्रस्तुतिले कार्यक्रममा अझ बढी रौनकता ल्याएको थियो।

कार्यक्रमलार्इ सफल बनाउन कार्यसमिति, सल्लाहकारहरु, समस्त संघ संस्था, पत्रकारहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको निबर्तमान अध्यक्ष ओम थापाले बताए।

परेड संयोजक बिर बलाल र कोषाध्यक्ष टोप पल्लीको बिशेष भूमिका रहेको थियो।

बिहानदेखि शुरु भई दिनभर चलेको उक्त कार्यक्रमको मार्चपास पश्चात, अध्यक्ष जीव बेलबासेले समस्त सहभागी संघ संस्था, पत्रकार, समाजसेबी, पेशाकर्मी लगायत समस्त कार्यसमिति एवं सल्लाहकारहरुलाई धन्यबाद ज्ञापन गरेका प्रवक्ता प्रमिला लाबुंग राईले बताए।

banner