१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रवासीद्वारा पदमार्ग र प्रतिक्षालय निर्माण

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७५, मंगलवार ०४:४२

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ दोवामा एक प्रवासीले दिवंगत आफन्तको स्मृतिमा पदमार्ग र प्रतीक्षालय निर्माण गर्नुभएको छ । दोवा घर भई हाल बेलायत बस्दै आउनुभएका दलबहादुर पुर्जाले करीब रु तीन लाख लगानीमा दोवा जिपपार्कमा प्रतीक्षालय र त्यहाँदेखि १०० मिटर पक्की पदमार्ग निर्माण गर्नुभएको हो ।

बेलायती गोर्खा सैनिकका सेवानिवृत्त दलबहादुर र उहाँकी श्रीमती महामती पुर्जाले रु दुई लाख ६८ हजार ७०० लगानीमा पदमार्ग र प्रतीक्षालय बनाइ दिनुभएको वडाध्यक्ष दिलीपकुमार गर्बुजाले जानकारी दिनुभयो ।

सिमेन्ट र ढुंगाको प्रयोग गरेर बनाइएको पदमार्गको डिलतर्फ फलामको रेलिङ राखिएको छ । भिरको बाटोमा पदमार्ग बनेपछि जिपपार्कदेखि दोवा गाउँमा आवतजावत गर्न स्थानीय बासिन्दालाई सुविधा पुगेको छ । पुर्जाले कैलाश मावि, दोवामा समेत रु दुई लाखको अक्षयकोष स्थापना गरेर उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउनुभएको छ ।