७ बैशाख २०८१, शुक्रबार
Follow Us

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७५, मंगलवार ०५:१०

सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ इतिहास बनाउनु भएको छ । राष्ट्रपति ट्रम्प आफु कार्यकालमै रहेका बेला उत्तर कोरियाका नेतासँग भेट गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नु भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उन बिच आज विहान सिंगापुरको सेन्तोसा आइल्याण्डमा पहिलो पटक भेट भएको हो ।

लामो तयारी पछिको बहुप्रतिक्षित वार्ताका लागि त्यहाँ पुगेका ट्रम्प र किमबिच पहिलो पटक भेट भएको हो । दुवै नेताले हात मिलाएर एक अर्काका बारेमा सोध्नु भएको थियो । प्रतिनिधिसहितको भेटमा दोभाषे पनि राखिएको थियो । ट्रम्पले किमसँगको भेट निकै राम्रो रहेको बताउनु भयो । वार्ताको सुरुमा ट्रम्पले आफूले निकै गर्वको महसुस गरेको र वार्ता उत्कृष्ट हुने आश रहेको बताउनु भयो । प्रतिनिधिसहितको भेटपछि दुई नेताबीच एक्ला एक्लै भेटवार्ता भएको छ ।

दुई नेताबीचको एक्ला एक्लै वार्तापछि दुई पक्षका अधिकारीहरू कार्यसूची सहित दिवाभोजमा सहभागी हुँदै छन् ।
वरिष्ठ सल्लाहकार तथा अधिकारीहरू सहभागी हुनुपूर्व दुई नेताले एक्लाएक्लै वार्ता गर्नु भयो । वार्ता शुरू हुनुभन्दा केही समयअघि ट्वीट गर्दै ट्रम्पले दुई देशका अधिकारीहरूबीचको वार्ता ‘राम्रो तरिकाले अघि बढेको’ जानकारी दिनु भएको थियो ।
डिसी नेपाल