१२ बैशाख २०८१, बुधबार
Follow Us

‘नाइस टु मिट यु मिस्टर प्रेजिडेन्ट’

sarusaru
२९ जेष्ठ २०७५, मंगलवार ०५:०७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक भेट सम्पन्न भयो । भेट समाप्त भएपछि किमले ट्रमलाई अंग्रेजीमा भने, ‘नाइस टु मिट यु मिस्टर प्रेजिडेन्ट ।’

सिंगापुरको सेन्टोसा द्विपमा रहेको होटल क्यापेलामा भएको भेट झन्डै ३८ मिनेटसम्म चलेको वाइटहाउसले जानकारी गरायो । आपसी भेटपछि किम र ट्रम बाहिर निस्कदा पत्रकारले उनीहरुलाई पत्रकारले जिज्ञासा राखे । पत्रकारले किमलाई दुई पटक प्रश्न सोधेका थिए, ‘चेयरम्यान के तपाईं परमाणु निस्त्रीकरण गर्नुहुन्छ ?’ त्यस्तै अर्को पत्रकारले पनि सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?’

तर उत्तर कोरिया नेताले यी प्रश्नप्रति कुनै चासो देखाएनन । किमसँगै एकैसाथ हिडिरहेका राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारसँग भने, ‘सबै कुरा एकदमै सौहाद्रपूर्ण तरिकाले अघि बढिरहेको छ ।’ दुवै नेता आफ्नो वरिष्ठ सल्लाहका र सहयोगी दलका साथ बैठकमा प्रस्तुत भएका थिए ।

अमेरिकी राष्ट्रपतिसँग विदेशमन्त्री माइक पोम्पियो, व्हाइटहाउस प्रमुख स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बोल्टन बैठकमा थिए । उता उत्तर कोरियाली नेता किमसँग उनका सबैभन्दा नजिक ठानिएका किम योङ चोल साथमै थिए । त्यसबाहेक विदेशमन्त्री री योगङ र पूर्वविदेशमन्त्री रि सुङ थिए ।

राष्ट्रपति ट्रम्प आफु कार्यकालमै रहेका बेला उत्तर कोरियाका नेतासँग भेट गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नु भएको छ । लामो तयारी पछिको बहुप्रतिक्षित वार्ताका लागि त्यहाँ पुगेका ट्रम्प र किमबिच पहिलो पटक भेट भएको हो । दुवै नेताले हात मिलाएर एक अर्काका बारेमा सोध्नु भएको थियो । प्रतिनिधिसहितको भेटमा दोभाषे पनि राखिएको थियो ।