१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विश्वकप सभ्य तरिकाले हेर्नुस् : सिडियो कार्यालय काठमाडौं

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७५, मंगलवार ०५:४२

काठमाडौं । विश्व फुटबलको महकाकुम्भ सभ्य तरिकाले हेर्न काठमाडौं जिल्ला प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । आगामी बिहीबारदेखि सुरु हुने प्रतियोगिता हेर्दा सार्वजनिक स्थानमा हो–हल्ला गरेको पाइए कारबाहीको चेतावनी कार्यालयले दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी सूचनामा विश्वकप फुटवल हेर्दा छरछिमेकीलाई बाधा पुग्ने गरी हो–हल्ला गर्न नपाइने, प्रवेश शुल्क लिएर खेल देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा सेवन गरेर खेल हेर्न नपाइने, बाजी राख्न नपाइने लगायत उल्लेख छ ।

विश्वकप फुटवलका नाममा हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम राख्न यस्तो नियम लागू गरिएको सहायक प्रजिअ घिमिरेले बताउनुभयो