१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायत सरकारविरुद्ध आन्दोलन गर्ने गेसोको चेतावनी

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७५, मंगलवार ०५:४६

काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ गेसोका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले भूतपूर्व सैनिक परिवारमाथि बेलायत सरकारले यातना दिएको भन्दै यसबिरुद्ध सघर्ष गर्ने चेतावनी दिनुभएको छ । हिजो सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे उहाले बेलायतमा रहेका गोरखा भूतपूर्व सैनिकका परिवारालाई नेपाल आउन रोक लगाउनका लागी यातना दिएकाले यसबिरुद्ध सघर्ष गर्ने चेतावनी दिनुभएको हो ।

जन्मभूमि र कर्मभूमिको अधिकार खोस्ने अधिकार कसैलाई पनि नरहेको भन्दै उहाले पक्षपात नगर्न ध्यानाकर्षण पनि गराईएको जानकारी दिनुभयो । उहाले बेलायतमा रहेका सैनिक परिवारको सबै रकम एकमुष्ट दिए बेलायतबाट फर्कने समेत बताउनुभयो ।

बेलायतका लागी नेपालीहरु लडिरहे पनि त्यसलाई वेलायतले मुल्याङ्कन गर्न नसकेको उहाको भनाई छ । गेसोले भूतपूर्व सैनिक परिवारलाई नेपालमा २८ दिनभन्दा बढि नबस्न र बसे भत्ता काटिदिने धम्की बेलायत सरकारले दिएको आरोप लगाएको छ ।